Aamsanchar

विद्युत सर्ट भएर गोठमा आगलागी हुँदा वृद्धको मृत्यु

Author Image
शुक्रवार, पौष ३, २०७७

सप्तरी । सप्तरीमा विद्युत सर्ट भएर गोठमा आगलागी हुँदा एकजना वृद्धको मृत्यु भएको छ । सदरमुकाम राजविराज(१६ बोरिया निवासी ८५ वर्षीय झलाही यादवको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी गोठमा सुतिरहेको बखत एक्कासी विद्युत सर्ट भएर आगलागी भएको सप्तरीका प्रहरी प्रबक्ता भुवनेश्वर साहले जानकारी दिए ।

बिहान ४ बजेतिर भएको आगलागीमा उनको घट्नास्थलमै मृत्यु भएको साहले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ । आगलागीबाट १ लाख रुपैयाँ बराबरको धनमाल समेत जलेर नष्ट भएको छ । आगोलाई स्थानीयबासी, प्रहरी र दमकलले नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)