Aamsanchar

भोजपुरमा भुवादार जापानी तीतेपाती

Author Image
शुक्रवार, पौष ३, २०७७

भोजपुर – भोजपुरमा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको सुरुवात गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदूपयोग गर्ने लक्ष्यका साथ यसको खेती सुरुवात गरिएको हो ।

अरुण गाउँपालिका–४ चरम्बी र्याङका दुई युवा मिलेर तीतेपातीको व्यावसायिक खेतीको सुरु गरेका हुन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडिबुटीका लागि बजार मागसमेत राम्रो भएकाले यो खेतीको सुरुवात गरेको उनीहरुले बताएका छन् । उनीहरुले सङ्खुवासभाबाट विरुवा ल्याएर झण्डै दुई रोपनी क्षेत्रफलमा तीतेपातीको खेती सुरु गरेका हुन् ।

अहिले दुई रोपनी क्षेत्रफलमा परीक्षणको रूपमा लगाएको र आर्थिक तथा प्राविधिक सहयोग भएमा थप ६० रोपनी क्षेत्रफलमा विस्तार गर्ने योजना रहेको किसान झिलबहादुर राईले बताउनुभयो । कच्चा पदार्थको रूपमा तीतेपातीको सुकेको पात तथा डाँठ प्रतिकेजी ५० रुपैयाँमा बिक्री हुने गरेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 294

प्रतिक्रिया (०)