Aamsanchar

आप्रवासी नेपाली श्रमिकले अब समस्या परे मलेसियाकै मानबअधिकार आयोगमा उजुरी गर्न सकिने

Author Image
शुक्रवार, पौष ३, २०७७

काठमाण्डौ – मलेसियामा रहेका नेपाली श्रमिकहरुले आफ्नो मानव अधिकार उलंघन भएको खण्डमा न्यायको लागि राष्ट्रिय मानव अधिकार आयोग मलेसिया (सुहाकाम)मा उजुरी गर्न सक्ने भएका छन् । विश्व आप्रवासन दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग नेपाल र राष्ट्रिय मानव अधिकार आयोग मलेसियाबीच भएको एक सहमतिले यस्तो व्यवस्था गरेको हो । नेपाल तथा मलेसियामा रहेका दुवै देशका आप्रवासी श्रमिकहरुको मानव अधिकार उल्लंघन भएको अवस्थामा उजुरी ग्रहण गर्ने, दुई आयोगबीच उजुरी प्रेषण तथा सूचना आदान प्रदान, अनुगमन लगायतका विषयहरुमा प्राथमिकताका साथ कार्य गर्ने सहमति भएको छ ।

समझदारी पत्रका अनुसार समस्यामा परेका कुनै पनि आप्रवासी नेपाली श्रमिकले राष्ट्रिय मानव अधिकार आयोग मलेसियामा उजुरी गर्न सक्नेछन् । नेपाली आप्रवासी श्रमिकहरुको मानव अधिकार संरक्षणका लागि २०१९ को नोभेम्बर १४ मा दुई आयोगबीच भएको समझदारीपत्र २०२० डिसेम्बर १७ बाट लागू हुने गरी पुनः एक वर्षको समयावधि थप हुने गरी हस्ताक्षर भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर