

बिर्तामोड । झापाको बिर्तामोडमा आज “लैङ्गिक हिंसा नियन्त्रणका उपाय, न्यायमा पीडितहरुको सहज पहुँच र कानुनी उपचार” विषयक संवाद सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइराला र अधिवक्ता खगेन्द्र खरेलले सहजीकरण गरेको संवादमा जिल्लाका ६० जनाको सहभागिता थियो ।


संवाद समूह झापाले संयोजन गरेको कार्यक्रममा प्रहरी उपरिक्षक कोइरालाले लैङ्गिक हिंसाका प्रकृति, जिल्लाको अवस्था र समाजका अगुवाले निर्वाह गर्नुपर्ने दायित्वबारे बताएका थिए । उनले हिंसापीडितलाई न्यायमा पहुँच पु¥याउन जतिसक्दो चाडो प्रमाणसहित कानूनी उपचारको बाटो अवलम्बन गर्न सबैलाई सुझाए ।



सबैखाले हिंसा नियन्त्रणमा जनचेतना लगायतका माध्यमबाट सशक्त ढंगले अघि बढ्दै पीडितलाई न्यायका लागि पीडकलाई कानूनी कठघरामा उभ्याउन अग्रणी भूमिका निर्वाह गर्ने सहभागीले प्रतिबद्धता जनाए ।
पछिल्लो समय सामाजिक सञ्जाल तथा प्रवियधिको दुरुपयोगका कारण लैङ्गिक हिंसा बढेकोले हिंसा न्यूनीकरणमा प्रविधिको सदुपयोगमा जोड दिइएको थियो ।




















फोटो :विनोद पाण्डे/आमसंचार


