Aamsanchar

महानगरपालिकाका विद्यालय अझै एक महिना बन्द रहने

Author Image
शनिवार, पौष ४, २०७७

काठमाडौं- कोभिड-१९ को संक्रमणको जोखिमका कारण बन्द रहेका काठमाण्डौ महानगरपालिकाका विद्यालयहरु अझै एक महिना बन्दनै रहने भएका छन् ।

काठमाण्डौ जिल्लाका अन्य १० वटा पालिकामा विद्यालयहरु खुलेपनि कोभिड-१९ को संक्रमण बढ्न सक्ने भन्दै महानगरभित्रका विद्यालय अझै बन्दनै रहने भएका छन् ।

काठमाडौंका अन्य पालिकाहरुले आशिंकरुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरे अनुरुप विद्यालयहरु सञ्चालन भैरहेका छन् । ती विद्यालयहरुले भौतिक दुरी तथा स्वास्थ्यको मापदण्ड कायम गर्दै आलोपालो प्रणालीमा कक्षा सञ्चालन गर्दै आएका छन् ।

आंशिक रुपमा विद्यालय सञ्चालन गर्दा अनलाईन प्रविधिमा जोडिन नसकेका विद्यार्थीकालागि प्रभावकारी देखिएको शिक्षा विकास तथा समन्वय इकाई काठमाण्डौले जनाएको छ ।

हाल काठमाण्डौं महानगरपालिकामा ९३ वटा सामुदायिक र ६ सय ४२ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् ।
ती विद्यालयहरुमा करिब १ लाख ४० हजार विद्यार्थी अध्ययन गर्छन् ।

विद्यालय सञ्चालन भएपछि कोभिड-१९ को संक्रमण बढेको नपाइएकोले काठमाण्डौ महानगरपालिकामा समेत विद्यालय सञ्चालन गर्नुपर्ने माग अभिभावकहरुको छ ।-

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर