Aamsanchar

कामदार र व्यवसायी को हितमा बाणिज्य संघ र युनिकम नेपालबीच सात वुँदे समझदारी

Author Image
शनिवार, पौष ४, २०७७

बिर्तामोड। व्यापार–व्यसाय क्षेत्रमा कार्यरत् कामदार–कर्मचारी र व्यवसायीवीच उत्पन्न हुने विवादलाई सामाजिक संवादका माध्यमबाट दीगो समाधानका लागि सात वुँदे समझदारी भएको छ ।
व्यापार क्षेत्रमा कार्यरत् कर्मचारीको ट्रेड युनियन युनिकम नेपाल र बिर्तामोड उद्योग वाणिज्य संघबीच शनिवार उक्त समझदारीमा हस्ताक्षर भएको हो ।
विवाद तथा समस्या समाधानका लागि विभिन्न चरणको वार्ताबाट तय भएको दुईपक्षीय समझदारी पत्रमा बिर्तामोड उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष कुमार भट्टराई र युनिकम नेपालको तर्फबाट केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा हस्ताक्षरपछि युएनआई नेपालका अध्यक्ष शंकर लामिछाने, बिर्तामोड नगरपालिकाको तर्फबाट उपप्रमुख पवित्रा महतारा प्रसाईं, झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, श्रम तथा रोजगार कार्यालय मेचीका मातृका कट्टेल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले विवाद समाधानमा भएको उक्त प्रक्रिया र उपलव्धीको सह्राहना गरेका थिए ।
समझदारी–पत्र युएनआई नेपालको तर्फबाट अध्यक्ष शंकर लामिछाने, बर्तामोड नगरपालिकाको तर्फबाट उपप्रमुख पवित्रा महतारा प्रसाईं, श्रम तथा रोजगार कार्यालय मेचीको तर्फबाट मातृका कट्टेलले रोहबरमा हस्ताक्षर गरेका छन् । समझदारीले व्यवसायी तथा कर्मचारीबीचको सम्वन्ध सुमधुर हुने बताइएको छ ।

निजीस्तरबाटै स्थानीय सरकार र सरोवालाहरुको समन्वयमा व्यवसायी र तिनका कर्मचारीबीच सद्भाव र सहकार्यको थालनी झापाबाट भएकोमा सहभागीले प्रशंसा गरेका थिए ।

प्रचलित श्रम कानून तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयनका लागि वाणिज्य संघ, मजदुर र युनिकमले समन्वय गर्ने कार्य महत्वपूर्ण भएको बताइएको छ ।
व्यवसायीका अधिकार र कर्तव्य उल्लेख गर्दै अगाडि बढ्ने सहमति भएको संवाद समूह झापाका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले जानकारी दिए ।

सामाजिक संवादमा अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश अध्यक्ष भूपाल सापकोटा, नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, ट्रेड युनियन महासंघ (टुकोन)का महासचिव वसन्त रिमाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मुकुन्द रिजाल, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, युनिकम नेपालका प्रशिक्षण जिल्ला प्रमुख तिलकजंग खड्का, युनिकम नेपालका झापा अध्यक्ष कृष्ण पोखरेलको सहभागिता रहेको थियो ।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश सदस्य बलराम कार्की, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी, महिला उपाध्यक्ष पार्वता खरेल विमली, उपाध्यक्ष नारायण चिमरिया, महासचिव प्रशान्त भण्डारी, सचिव प्रकाश घिमिरे, सदस्य सञ्जीव घिमिरे, राजकुमार शाहलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराईलगायतले गरेका थिए । उक्त छलफल प्रक्रियाको सहजीकरण संवाद समूह झापाले गरेको थियो ।

सात बुँदे समझदारी पत्रमा यस्तो उल्लेख गरिएको छ ।

समझदारी पत्रको पहिलो बुँदामा श्रम विवाद समाधानका लागि संयुक्त समिति निर्माण गर्ने रहेको छ । बिर्तामोड उद्योग वाणिज्य संघका ३ जना प्रतिनिधि र युनिकम नेपालका ३ जना प्रतिनिधि सम्मिलित संयुक्त श्रम विवाद समाधान समिति गठन गरी बिर्तामोड क्षेत्रमा श्रम शोषण , लैङ्गिक हिंसा , बालश्रम शोषण वा युनिकम नेपालका कुनै पनि सदस्य कामदारले खराव आचरण गरे , व्यापार व्यवसायमा हानी नोक्सानी गरेकोलगायतका विषयमा संयुक्त श्रम विवाद समाधान समितिमार्फत तत्काल छानविन गरी आबश्यक प्रक्रिया अघि बढाइने उल्लेख छ ।

त्यस्तै श्रम ऐनलगायतका ऐन कानुनको कार्यान्वयन र श्रम विवाद समाधानका लागि सरोकारवाला सरकारी निकाय र स्थानीय सरकारसँग समन्वय गर्ने , बिर्तामोड क्षेत्रका उद्योग , व्यापार व्यवसायको क्षेत्रमा कार्य गर्ने सम्पूर्ण कामदार कर्मचारीलाई रोजगार सम्बन्ध स्थापित हुने फोटोसहितको परिचयपत्र , न्यूनतम पारिश्रमिक , साप्ताहिक विदा , मई दिवसका दिन विदा र सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नु गराउनु राज्यको श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन अनुसार व्यवसायीको दायित्व हुनेलगायतका बुँदाहरु समेटिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 581

प्रतिक्रिया (०)

सम्बन्धित खबर