
फायल फोटो ।

काठमाडौं । प्रधानमन्त्री ओली शीतल निवासस पुगेका छन् । मनित्रपरिषद बैठकमा संसद विघटनको प्रस्ताव पारित गरेर ओली राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन् ।

ओलीले संसद विघटन गर्दैछन् भन्ने थाहा पाएपछि नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । तर ओलीले अध्यक्ष प्रचण्डलाई भेट दिएनन् । त्यसपछि प्रचण्ड खुमलटार फर्किएका छन् । विकसित घटनाक्रमबारे खुमलटारमा अध्यक्ष प्रचण्डसहितका नेताहरुको केहीबेरमा छलफल हुनेछ । अहिले खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल र प्रचण्डबीच छलफल भइरहेको छ ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रमाथि प्रधानमन्त्री ओलीले कू गरेको बताएका छ।

ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरे लगत्तै छलफलका लागि बालुवाटार पुगेका प्रचण्डलाई ओलीले भेट्न नमानेको र आफूहरु फर्किदै गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए।
गणतन्त्रमाथि ओलीले कू गरेको प्रचण्डको भनाइ उदृत गर्दै सापकोटाले बताए। मन्त्रिपरिषदले आज बिहानै संसद विघटन गर्ने सिफारिस गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपति समक्ष सिफारिस गर्न शीतल निवास पुगेका छन्।

