Aamsanchar

झापाको चैतुबारीमा एक महिला मृत फेला, हत्या भएको आशंखा, तालिम प्राप्त कुकुर बाट अनुसन्धान हुदै

Author Image
आइतवार, पौष ५, २०७७

फायल तस्वीर ।

चारपाने ।  झापाको बिर्तामोडमा एक महिलाको हत्या भएको छ ।

शनिवारदेखि बेपत्ता भएकी बिर्तामोड – २ निवासी एक महिला आज विहान मृत फेला परेकी छिन् ।
बिर्तामोड नगरपालिका – २ चैतुवारी निवासी ४० वर्षीया दिनो राजवंशी घर नजिकैको खेतमा मृत फेला परेकी हुन् ।

स्थानीयवासीले भने ती महिलाको कसैले हत्या गरेर खेतमा शव छाडेको बताउँदै आएका छन् । प्रहरीले शंकास्पद अवस्थामा महिलाको शव फेला परेपछि संघीय इकाई कार्यालय धरानबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

घटना चैतुवारी वजार नजिकै घटेको हो । यस अघि झापाको मेचीनगरपालिकाको चारआली, कमल गाउँपालिका र गौरादहमा पनि महिलाको हत्या भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 450

प्रतिक्रिया (०)

सम्बन्धित खबर