काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आकस्मिक पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीको उक्त निर्णयबारे रणनीति बनाउन बैठक बोलाइएको उनको भनाइ छ । काँग्रेस त्यसको संस्थागत रुपमा प्रतिवादको नीति लिन बैठक बोलाइएको बुझिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 166