Aamsanchar

पौष ७ गते देखि भद्रपुर प्रदेश १ कै पहिलो बालमैत्री नगर बन्ने

Author Image
आइतवार, पौष ५, २०७७

बिर्तामोड । झापाको भद्रपुर नगरपालिका प्रदेश १ को पहिलो र देशमा पाँचौं बालमैत्री नगर बन्ने भएको छ ।

आइतबार भद्रपुर नगरपालिकाले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पौष ७ गते बालमैत्री नगरका रूपमा प्रदेश १ सामाजिक विकास मन्त्रालयले घोषणा गर्ने भएको हो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले भद्रपुर नगरलाई प्रदेश १ को पहिलो बालमैत्री नगरका रूपमा घोषणा गर्ने सम्पूर्ण तयारी पूरा भएको उपप्रमुख चन्द्रमाया श्रेष्ठले जानकारी दिइन् । २०७४ मंसीरदेखि बालमैत्रीका लागि नेपाल सरकारको मापदण्ड अनुसारका कार्य अगाडि बढाइ रहेको नगरले तय भएका ४२ वटा सूचक पूरा गरेको पत्र जिल्ला समन्वय समिति झापाले दिएपछि प्रदेश १ सरकार घोषणाको चरणमा पुगेको उपप्रमुख श्रेष्ठको भनाइ छ ।

उपप्रमुख चन्द्रमाया श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोकल पर्सन दिपक पाण्डेले बालमैत्री अभियानका क्रममा हालसम्म गरिएका प्रगति विवरण प्रस्तुत गरेका थिए ।

बाल स्वास्थ्य तथा पोषणमा पहुँच, मातृ स्वास्थ्य अवस्थामा सुधार, खानेपानीमा सबै घरधुरीको पहुँच सर सफाई गर्ने बानीको विकास, बालबालिकाको संरक्षण गर्न पर्छ भन्ने सोचको, विकास, बाल विवाह, श्रामशोषण, दुव्यवहार जस्ता घटना न्युनिकरण, बाल हितका लागि बालमैत्री आचारसंहिता निर्माण तथा प्रतिवद्धता, बाल विकासको सम्मान र संरक्षण, दुव्र्यवहार अनि विपदबाट जोखिममा परेका बालबालिकाको उद्धार, नीति नियमको निर्माण साथै लगानी जस्ता विषयहरु बालमैत्री स्थानीय शासन अभियानको मुख्य उपलब्धी रहने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सामाजिक विकाश शाखाकी प्रमुख जीवनकला राउतले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराइले गरेका थिए ।यस घोषणासंगै झापाको सदरमुकाम समेत रहेको भद्रपुर बालमैत्री स्थानीय शासन भएको नगर सरकार हुने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 449

प्रतिक्रिया (०)

सम्बन्धित खबर