विर्तामोड । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) प्रदेश १ कार्यसमिति सल्लाहाकारमा दुईजना पुराना व्यसायीहरुलाई मनोनित गरिएको छ ।
मनोनित हुनेहरुमा झापा विर्तामोडका शेखर ढकाल र मोरङ बिराटनगरका भविषकुमार श्रेष्ठ रहेका छन् । उनिहरुलाई गत मंसिर ३० गते बसेको प्रदेश समितिको बैठकको निर्णय अनुसार सल्लाहाकारमा मनोनित गरिएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिए ।
टुर एण्ड ट्राभलको क्षेत्रमा लामो समय देखि आवद्ध हुदै आएका पूर्वका टुर एण्ड ट्राभलका हस्ति कै रुपमा स्थापित ढकालले विर्तामोडमा पाथीभरा ट्रभल एण्ड टुर्स र त्यस्तै अग्रणी व्यवसायी श्रेष्ठले विराटनगरमा होटल स्टन स्टार प्रा.लि. संचालन गर्दै आएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 55