Aamsanchar

टिकटक भिडियो बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर घाइते भएका युवकको मृत्यु

Author Image
सोमवार, पौष ६, २०७७

दाङ – दाङमा टिकटक भिडियो बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर घाइते भएका एक युवकको ज्यान गएको छ । टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान ज्यान गएको हो । गएको शनिबार दिउँसो दुई बजेतिर बबई गाउँपालिका ५ हापुरेको पुरन्धारा छहरा नजिक रहेको झोलुङ्गे पुलबाट टिकटक बनाउने क्रममा थापा खसेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)