Aamsanchar

राष्ट्रियस्तरको राजनीतिमा बिरालोलाई ढोका थुनेर चुट्दाको जस्तो परिणाम आयो : मुख्यमन्त्री राई

Author Image
सोमवार, पौष ६, २०७७

झापा : प्रतिनिधिसभा विघटन भएर ताजा जनादेशका लागि निर्वाचनको तिथिमिति तय भइसकेको बताउँदै मुख्यमन्त्री राईले सामान्य अवस्थामा सम्भवत यस्तो खालको परिस्थिति आउन नसक्ने बताएका छन्। अहिलेको अवस्था बाध्यताबस आएको उनको भनाइ थियो।   

उनले भने, ‘एउटा बिरालोलाई ढोका थुनेर चुट्दाको परिणामले राष्ट्रियस्तरको राजनीतिमा विषम परिस्थिति उत्पन्न भएको छ।’  प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहत आएको झापाको भद्रपुर नगरपालिका १० कलवलगुरीस्थित प्रदेश प्रशिक्षण केन्द्रको सोमबार आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भने, ‘समृद्धि तथा सुखी नेपालीको राष्ट्रिय आकांक्षा, त्यसको मुल नेतृत्व गरेर विकास र समृद्धिको यात्रामा आम नेपालीलाई उत्साह र खुसी दिएर एक ढिक्का भएर समृद्धि र विकासको प्रतिफलहरु पस्कँदै अघि बढिरहेको अवस्थामा त्यस यात्रामा जबरजस्त अवरोधहरु सिर्जना हुनु वास्तवमै दुखद् हो। यो न जनताको चाहना हो, न त हाम्रो चाहना हो।’ 

देशलाई अराजकता तथा अस्थिरतातिर धकेलेर संविधान र संघीयतालाई खारेज गराउन सफल तुल्याउने प्रयासहरु विभिन्न तहबाट हुँदै आएका छन्, मुख्यमन्त्री राईले भने,  फेरि देशलाई द्वन्द्वतिर धकिलियोस र फेरि पहिलाजस्तै ३, ६, ९ र १८ महिने सरकारहरु बनाउने अवस्थामा ल्याउन खोजिएको छ।’

घटना तथा परिस्थितिलाई ठिक ढंगले विश्लेषणसँगै बुझ्नुपर्नेमा उनले जोड दिए। भने, ‘त्यही ढंगले आफ्नो बुझाइमा स्पष्टता ल्याएर अब हामीले आआफ्नो ठाउँबाट जिम्मेवार भूमिका खेल्नुपर्ने अवस्था आएको छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर