Aamsanchar

बिर्तामोडमा आफ्नै शरिरमा लगाएको कपडामा आगो लाग्दा एक महिलाको मृत्यु

Author Image
सोमवार, पौष ६, २०७७

फोटो : नगेन्द्र संग्रौलाको फेसबुकबाट

चारपाने । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर–२ स्थित पञ्चमबारीमा एक महिलाको मृत्यु भएको छ । जाडोका कारण ताप्न बालिएको आगो आफ्नो शरिरको कपडामा सल्किएर शरिरमा लागो लाग्दा पञ्चमबारी जानकी इट्टा भट्टा क्षेत्रमा डेरा गरि बस्ने बनारसी सहनीको श्रीमती बर्ष ४१ कि गनिता राजवंशीको आज सोमबार मृत्यु भएको स्थानिय वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाले सामाजिक संजाल मार्फत जनकारी गराएका छन् ।

गनिता लामो समय देखि छारे (मृगी) रोगी भएको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर