Aamsanchar

एक बर्ष पछि  सात खेलाडीलाई प्रतिभा पुरस्कार

Author Image
बुधवार, पौष ८, २०७७

युवा तथा खेलकुद मन्त्रालयले सातजना खेलाडीसहित १४ जनालाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको छ । सम्मानित हुनेमध्ये एकजनाबाहेक सबै खेलाडी गत वर्ष सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेता हुन् । उनीहरूसँगै दुई प्रशिक्षक तथा एक–एक निर्णायक, चिकित्सक र खेल संघ पनि पुरस्कृत भएका छन् । नेपाली खेलकुदलाई सहयोग गर्ने दुई प्रायोजक पनि सम्मानित भएका छन् ।

मन्त्रालयले मंगलबार सागमा दुई–दुई स्वर्ण जित्ने तीनजनासहित चारजना खेलाडीलाई जनही एक–एक लाख रुपैयाँ प्रदान गरेको छ । जसमा गल्फका सुवास तामाङ, तेक्वान्दोकी आयशा शाक्य र करातेका मन्डेकाजी श्रेष्ठ छन् । उनीहरू तीनैजनाले १३औँ सागमा आफ्नो खेलको व्यक्तिगत र टिमतर्फको विधामा दुई–दुईवटा स्वर्ण जितेका थिए । उनीहरूसँगै साइक्लिङकी लक्ष्मी मगर पनि एक लाख नगदसहित सम्मानित भएकी छिन् । उनले सागमा डाउनहिलतर्फ स्वर्णपदक जितेकी थिइन् ।

यस्तै, शारीरिक सुगठनका समीर श्रेष्ठ, भारोत्तोलनका विकास थापा र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ समान ६६ हजार ६६६ रुपैयाँसहित सम्मानित भए । समीरले नेपालमै भएको १३औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा स्पोर्टस् फिजिक्स च्याम्पियनसिपमा स्वर्णपदक जितेका थिए । विकासले ८९ केजी तथा सन्तोषीले १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए ।

प्रशिक्षकतर्फ करातेका कुशल श्रेष्ठ र तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ पुरस्कृत भए । दुवैजना सागमा आ–आफ्नो खेलको प्रशिक्षकको भूमिकामा थिए । सागमा करातेले १० स्वर्ण र तेक्वान्दोले १२ स्वर्ण जितेको थियो । दुवै प्रशिक्षकले समान ५०–५० हजार रुपैयाँ प्राप्त गरे । निर्णायकतर्फ जुडोका धर्मकुमार श्रेष्ठ, चिकित्सकमा डा. ज्ञानेन्द्रविक्रम शाह र राष्ट्रिय खेल संघको रूपमा गल्फ सम्मानित भएको छ । सबैले एक–एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।

मन्त्रालयले प्रायोजकका रूपमा कतार एयरवेज र काठमाडौं महानगरपालिकालाई प्रशंसापत्रमार्फत सम्मान गरेको छ ।कतार एयरवेजले सहिद स्मारिक ए डिभिजन लिगलाई प्रायोजन गरेको थियो । काठमाडौं महानगरले महानगरभित्रका ए डिभिजन लिग खेल्ने क्लबका साथै एन्फाले आयोजना गरेको विद्यालय फुटबल प्रतियोगितालाई आर्थिक सहयोग प्रदान गरेको थियो ।  नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालले आज थाइल्याण्डसँग खेल्ने
आइतवार, कार्तिक २५, २०८१
नेपालले आज यूएई विरुद्ध खेल्ने
शनिवार, कार्तिक २४, २०८१