Aamsanchar

शक्ति की देवी गजुरमुखी सम्क्षिप्त परिचय

गजुरमुखी मन्दिर ।

चारपाने । पूर्वमा शक्ति की देवीको रुपमा स्थापित गजुरमुखी शक्तिपिठ धार्मिक स्थल मात्र नभएर पर्यटकिय दृष्टिकोणले पनि प्रशिद्ध स्थलमा पर्छ ।

इलाम जिल्लाको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका वडा नं. १ मा रहेको गजुरमुखीमा दैनिक सयौँ भक्तनहरु जाने गरेका छन । त्यस धार्मिक स्थलमा पहाडी जिल्लाका धेरै भक्तजनहरु पुग्ने गर्दछन । दुर्घम क्षेत्र त्यसमा पनि उचित प्रचार प्रसारको कमीका कारण पूर्वकै धेरै जनामा जगरमुखीको बारेमा जानकारी पुग्न सकेको छैन ।

किरात सप्रदायहरुको बाहुल्याता रहेको इलाम आफैमा एक फरक संस्कृतिको खानी हो त्यस्मा भौगोलिक संरचना र गजुरमुखी शक्ति पिठले इलामलाई देश विदेशमा चिनाउनु पर्ने हो तर त्यसो हुन सकेको छैन ।

गजुरमुखीको ऐतिहाशिकता
विगत २ सय ४० बर्ष अघी स्थानीय लिम्बु जातीका पुरहित फेदाङमा बाजवीर लिम्बु एककाए वेपत्ता भए उनको खोजीकार्यमा स्थानियहरु सबै लाग्दा ६ महिना सम्म पनि फेला परेका थिएनन् एक दिन सोही स्थानमा घोडा चराउन आएका गोठालाहरुले हालको गजुरमुखी मन्दिर भएको स्थानमा सानो गुफा भित्र बाजवीर तपस्या गरेर बसेको अबस्थामा फेला पारेर बाजवीरलाई किन यहाँ बसेको भनेर सोध्ने काम हुँदा फेदाङमा बाजवीरले यस ठाउँमा गजुरमुखी देवीको बास रहेको मलाई देवीले यहाँ बोलाएको भनेपछि सोही समय देखि लिम्बु परंपरा अनुसार देवी स्थापना गरेर स्थानिय लिम्बु समुदायका मानिसहरुले पुजा गर्दै आएको जनश्रुती रहेको छ ।

विशेष गरेर निसन्तानहरु सन्तान माग्न र शिशुहरुको बोली नआए बोली फुट्ने जनविश्वास रहेको गजुरमुखीको इतिहास खोजीकार्यमा लागेका स्थायिन बुद्धिजिवी जगतबहादुर योङहाङले बताए । उनले भने,‘यस धाममा धेरैको मनोकामना पुरा भएको छ ।

उधौली, उभौली, दशै लगायतका महत्वपूर्ण पर्वमा भक्तजनाहरु सन्तान माग्न र बच्चाको बोलि आएको खण्डमा बोली माग्न आउनेर ठिक पनि हुने गरेको स्थानिय अगुवाहरु बताउछन् । गजुरमुखीमा एक पटक मात्रै गएर नहुने मान्यता छ । गजुरमुखीसँग केहि मागे पछि पुनः आफुले मागेको कुरा पुरा भएको खवर पुर्याउन जानुपर्ने मान्यता छ । यही मान्यता अनुसार भक्तजन दुई पटक त्यहाँ पुग्ने गर्दछन । शनिवार र मंगलबार भक्तजनहरुको बढी घुइँचो लाग्ने र गजुरमुखीमा नजिकै रहेको देउमाई खोला किनारामा कात्तिके पुर्णीमामा ठूलो मेला समेत लाग्ने गरेको छ ।

स्वदेशी वाहेक भारतको सिक्कम, दार्जिलिङ, भुटान लगायतका स्थानहरुबाट समेत भक्तजनहरु आउने गरेको स्थानिय डम्बर कार्की बताउछन् ।
इलाम सदरमुकामबाट करिव २० किलोमिटर मेची राजमार्ग र त्यहाँबाट १३ किलोमिटर पक्की सडक हुँदै देउमाई नगरपालिकाको मंगलबारे पुगेपछि करिव डेढ घण्टा कच्ची सडक सवारी मार्फत पार गरेपछि त्यहाँ पुग्न सकिन्छ ।

कच्ची सडक भएपनि हिउँद वर्खा नै सवारी सञ्चालन हुने भए पनि यस सडकले मात्र पर्यटकको संख्या बृद्धि गर्न पर्याप्त नरहेको स्थानीय वताउँछन् । खान र बस्नका लागि त्याहाँ राम्रै किसिमका होटल तथा लजहरु छन् । तर, पर्यटकहरुको संख्या बृद्धि हुँदा होटलहरु समेत अपुग हुने देखिन्छ । स्थानिय होगल संचलकहरुको भनाई छ ‘भक्तजनहरुको संख्या दैनिक बढ्दै जान थालेको छ । होटल लजहरु पनि अलिक कम भएको हो कि जस्तो छ । त्यसैले पर्यटक र भक्तजनहरुको सुविधाका लागि बढाउनुपर्ने देखिन्छ ।’

देउमाई खोला ।

धार्मिक र पर्यटकीय हिसावले जिल्लाकै अब्बल स्थान मानिने गजुरमुखी धाम पुग्नलाई भौतिकपुर्वाधार र पक्की सडक निर्माणमा चासो दिने हो भने दैनिक हजारौँ पर्यटक भित्रिन सक्नेछन ।
यसको विकास गर्न स्थानीय र जनप्रतिनिधिहरुले चासो राखेर प्रसारप्रचार गर्न सके यस क्षेत्रका स्थानीयले व्यवसायीकतासँगै आयस्तर माथि उठ्ने विश्वास लिएका छन ।

गजुरमुखी बजार ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 1540

प्रतिक्रिया (०)

सम्बन्धित खबर