Aamsanchar

क्षितिज संगीत साधना प्रतिष्टान झापामा चुनावी रन्को, नौ पदका लागि १५ जनाको उम्मेदवारी

Author Image
बुधवार, पौष ८, २०७७

विर्तामोड ।  क्षितिज नाट्य समूह झापा अन्तर्गत गठित क्षितिज संगीत साधना प्रतिष्टान झापा को प्रथम अधिबेशन आगामी पुस १४ गते बहुजातीय साँस्कृतिक संग्रहालय सहित को निर्माणाधीन झापा नाटक घर परिसरमा सम्पन्न हुने भएको छ । पुस ९ गते माधब कल्पित को अध्यक्षतामा सम्पन्न केन्द्रीय समितिको बैठकले बिभागिय समिति को निर्वाचन को मिति तय गरेको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति झापा का उपाध्यक्ष एकराज गिरीको संयोजकत्व तिन सदस्य निर्वाचन समिति समेत चयन गरेको छ । जसमा बिर्तामोड वडा न १ का वडा सदस्य प्रेम कुमार खरेल र बिर्तामोड न. पा न्यायीक समिति सदस्य यमुना आचार्यलाई चयन गरिएको समिति का वरिष्ठ उपाध्यक्ष हरि भण्डारी ले जानकारी दिए ।

९ सदस्य का लागि हुने निर्वाचनमा १५ सदस्य चुनावी मैदानमा देखिएको नाट्य बिभागका प्रमुख गजेन्द्र पृथक ले बताएका छन् । जसमध्ये मेजर पदाधिकारीका लागि निरज पोखरेल, भगवती ढुङ्गेल,जितेन्द्र श्रेष्ठ ,गोबिन्द रपाल,निमेष शिवाकोटी ,पुष्पा प्रणामी ,अर्जुन खरेल,मणी बर्देवा,पबित्रा ओली सुजन शिवाकोटी ,ज्ञानु खड्का ,किरण कन्दङ्वा,राजु सुब्बा चुनावि मैदानमा रहेको केन्द्रीय समितिले जनाएको छ ।

विर्तामोड १ स्थित देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुजाती,बहुभाषि बहु साँस्कृतिक संग्रहालय सहित को झापा नाटक घरलाई प्रदेश न १ कै पहिलो एतिहासिक धरोहरका रुपमा स्थापित गर्दै संघिय सरकारको नीति तथा कार्यक्रम अनुरुप एकाडेमी निर्माण गर्ने उद्देश्यले बिधानत नाट्य समुहले सबै बिधाका प्रतिभाहरुको संरक्षण र सम्वर्द्बन गर्ने उद्देश्यले बिधागत रुपमा समेट्दै व्यवसायिकता प्रदान गर्न लागेको केन्द्रीय अध्यक्ष माधव कल्पित ले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर