चारपाने । केशर एक बहुमुल्य तथा दुर्भल वनस्पति हो । लसुन वा प्याजको आकारको सेतो गानो यसको बिउ हुन्छ । पोथ्रो जातको यो वनस्पतिको फूल नीलो र अति सुन्दर हुन्छ । यो फूलेको बेला मन लोभ्याउने दृष्य देखिन्छ । हलुका कोप्रो आकारको यस फूलको बीजबाट दुई वा तीनवटा राता रङका लामा र मसिना केस्रा निस्कन्छन् । ती प्रायः ६ देखि ८ सेन्टिमिटर, लामा हुन्छन् । र, ती केस्रासँगै छोटा आकारमा पहेला रङका केही मुना पनि निस्किनछन् । नीलो, रातो र पहेलो रङको सम्मिश्रणमा यो वनस्पतिले धरती सजाउँछ । विश्वमा दुर्भल मानिएको केशर खेतीले आन्तरिक एवं बाह्य पर्यटकलाई समेत आर्कशित गर्छ । साथै केशर खेतीको कारण नेपालको पहिचान विश्वस्तर सम्म पुर्याएर प्रचुर मात्रमा विदेशी पर्यटकहरु भित्रिने अनुमान गर्न सकिन्छ । जसबाट समग्र पर्यटन क्षेत्रको विकास भई ठुलो आर्थिक लाभ लिन सक्ने विस्वास कृषकहरुले राखेका छन् ।
केशरको कृषि पद्धती
समुद्र सतहबाट करीव १५ सय देखि २५ सय मिटरको उचाईमा यसको खेति राम्रो हुन्छ । ओसिलो वातावरण, बालुवा मिश्रित चिम्टाईलो माटो र प्रांगरिक मल यो खेतिको आवश्यक खुख्य आधार हो । तुषारो तथा हुस्सुले नष्ट नगरोस् भनेर एन्टिफग् पाउडर र दाउराका काला कोईला पनि पिठो बनाएर माटोमा प्रयोग गर्न सकिन्छ ।
माटोलाई हलुका डिल वा ड्याङ बनाएर त्यसमाथी केशरको बीच करिव चार देखि छ इन्चसम्मको फरकमा रोपिन्छ, साउन महिनाको सुरुवाती यो रोपिन्छ भने असोजको मध्यतिर फूल टिप्न तयार हुन्छ । जब फूलबाट राता केस्रालाई अलग गरिन्छ । फूलका यिनै राता केस्रा नै विश्वबजारमा अति मुल्यवान औषधिका रुपमा चिनिन्छ बिक्री हुन्छ ।
यस खेतीबाट केही रोजगारी सृजना हुन्छ भने यसले देशकै आर्थिक वृद्धिदरमा पनि सहयोग पुर्याउने निस्चित छ । यस किसिमको खेतीका लागि सरकारले पनि चासो र लगानी अभिवृद्धिमा सहयोग गर्न जरुरी हुन्छ ।
केशरको उपयोगिता
केशरको उपयोगिता र गुण धेरै रहेको पाईएको छ । केशरलाई दूध, मह वा पानीमा घोलेर सेवन गर्न सकिन्छ । यसको सेवनले शरीरमा उर्जा प्राप्त हुनुका साथै अनेक रोग संग लडनको लागि शरीरमा रोग प्रतिरात्मक क्षमता बढाउने गर्छ । गर्भवती महिलाले सेवन गर्नाले बच्चा तन्दुरुस्त जन्मने र आमालाई प्रसवपीडा कम हुने, केशरको नियमित सेवनले अनुहारमा चकम आउने, पाचनप्रणाली ठिक रहने, मधुमेह नियन्त्रण हुने, कामशक्ति वृद्धि हुने जस्ता प्रशस्त फाईदा हुने विज्ञहरुले बताएका छन् । र्यासागुम्बामा हुने गुणहरु समेत केसरमा पाईने साथै केशरलाई बहुमुल्य मसलाको रुपमा प्रयोग पनि गरिने गरिन्छ ।
केशरको व्यवसाय
विश्वबजारमा केशरको मूल्य अत्याधिक छ । प्रति केजी आठदेखि दश लाखसम्म नेपाली रुपैंयाँ मूल्य पर्ने केशरको व्यवसाय र व्यवसायिक खेती नेपालमा शुन्यप्राय छ । यसको खेतिका निम्ति उपयुक्त जमिन र वातावरण नेपालमा भरपुर छ । तर, हालसम्म सरकारले कुनै चासो नदिएको कारण नेपालमा केशर खेतिको उत्पादन हुन नसकेको स्थिती छ । नेपालजस्तो निम्न अर्थतन्त्र भएको मुलुकमा यस्तो बहुमूल्य र गुणकारी केशरको खेती हुन जरुरी छ ।
पूर्वी नेपालमा केशर खेतीको सुरुवात
प्रचुर सम्भावना र उपयुक्त क्षेत्र हुनाले पूर्वी नेपालको पहाडी जिल्ला इलाममा व्यवसायिक हिसावले केशरको खेती सुरु भएको छ । एक बर्षको परिक्षण काल पुरा गरेर जौबारी मल्टिपर्पोज एग्रीकल्चर एण्ड इन्भारोमेमेन्ट सेन्टर प्रा.लि. ले सन्दकपुर–५ जौबारीमा ६९ र माईजोगमाई गाउँपालिकाको थुम्के (नयाँ बजार) मा २६ गरी जम्मा ९५ रोपनी जग्गामा पौने दुई करोडको निजी लगानीमा खेती सुरु भएको छ ।