Aamsanchar

धनकुटामा बसले किचेर ४५ वर्षीया महिलाको घटनास्थलमा नै मृत्यु

Author Image
बिहिवार, पौष ९, २०७७

धनकुटा – बिहीबार बिहान धनकुटाको जिरो प्वाइन्टमा एक यात्रुबाहक बसले किचेर ४५ वर्षीया महिलाको मृत्यु भएको छ। धरानबाट तेह्रथुम जाँदै गरेको को १ ख ४०७४ नम्बरको बसले किचेर धनकुटा नगरपालिका वडा नं ९ रुद्रबारीकी ४५ वर्षीया गुना राईको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बसबाट ओर्लने क्रममा उनलाई सोही बसको पछाडिको टायरले किचेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए। उक्त घटनापछि चालक र बसलाई धनकुटा प्रहरीले नियन्त्रणमा लिएको छ भने शवलाई पोष्टमार्टमका लागि धनकुटा अस्पताल पठाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर