Aamsanchar

झापा, सुनसरी र ओखलढुङ्गामा भएको छुट्टा छुट्टै गाडी दुर्घटनामा तीन जनाको मृत्यु

Author Image
बिहिवार, पौष ९, २०७७

मोरङ – प्रदेश नम्बर १ का झापा, सुनसरी र ओखलढुङ्गामा भएको गाडी दुर्घटनामा परेर तीन जनाको ज्यान गएको छ । बुधबार साँझमा सुनसरीको देवानगंज २ रामटोलमा को २ ह ४९२१ नम्बरको अटो ट्याम्पोले ठक्कर दिँदा घाइते भएका स्थानीय ९० वर्षीय बेचुदास मेहेतालाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लैजाने क्रममा बाटोमा नै ज्यान गएको छ ।

ठक्कर दिने अटो र चालकलाई इलाका प्रहरी कार्यालय देवानगंजले नियन्त्रणमा लिएको छ । यसैगरी झापाको बिर्तामोड नगरपालिका ५ पूर्वपश्चिम राजमार्गमा बा २१ च ५९३६ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिँदा स्थानीय २८ वर्षीय राजेन्द्र चौधरीको ज्यान गएको छ ।

बुधबार कारले ठक्कर दिँदा घाइते भएका चौधरीको झापाको बि.एण्ड.सी.अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । यस्तै ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका ६ सोक्माटारमा बा ३३ प ३०८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको छ।

बुधबार राति मध्यपहाडी लोकमार्ग हुँदै काठमाण्डौबाट खोटाङतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका रामेछापको मन्थली गाउँपालिका ९ का २८ वर्षीय टेकबहादुर नेपालीलाई उपचारको लागि जनसेवा हेल्थ केयर घुर्मी लगिएकोमा उपचारको क्रममा राति नै ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 376

प्रतिक्रिया (०)

सम्बन्धित खबर