काठमाण्डौ – मलेसियामा सुरक्षा मन्त्री दातुक सेरी इस्लामी सबरी याकोबले विदेशी श्रमिकको क्वरेण्टीन र उपचार खर्च रोजगारदाताले व्यर्होर्नु पर्ने बताउनुभएको छ । मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमित बढेसँगै त्यहाँ सङ्क्रमित हुने विदेशी श्रमिकको क्वरेण्टीन र उपचार खर्च रोजगारदाता स्वयमले व्यर्होर्नु पर्ने बताउनुभएको हो । मलेसियामा राष्ट्रिय सुरक्षा परिषदको विशेष बैठकले समेत यस विषयमा सहमति जनाएको मन्त्री दातुकको भनाइ छ ।
उहाँले भन्नुभएको छ, ‘कोरोना पोजेटिभ भएका श्रमिक जसलाई अस्पताल, क्वरेण्टीन वा उपचार कक्ष जहाँ राखिएको छ त्यसको खर्च रोजगारदाताले तिर्नुपर्छ ।’ यस्तै मलेसिया सरकारले विदेशी श्रमिकले त्यहाँको नियम अनुसार आधारभूत सेवा सुविधा पाए नपाएको पनि जाँच गर्ने जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 289