Aamsanchar

दक्षिण कोरियाले ईपीएसअन्तर्गत सन् २०२१ मा नेपालसहित १६ मुलुक बाट ५२ हजार श्रमिक लैजाने

Author Image
शुक्रवार, पौष १०, २०७७

काठमाण्डौ – दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार श्रमिक लैजाने भएको छ । दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि ईपीएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको हो । यो सङ्ख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो । कोरियाले कुन देशबाट कति कामदार लैजाने भन्ने निर्णय भने गरेको छैन ।

सन् २०२० मा ५६ हजार कामदार ल्याउने कोटा भए पनि कोरोना महामारीका कारण ३० हजार ९ सय ९ जना अझै कोरिया आएका छैनन् । सन् २०२१ मा तोकिएको ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार ७००, कृषि क्षेत्रमा छ हजार ४००, मत्स्यपालन क्षेत्रमा तीन हजार, निर्माण क्षेत्रमा एक हजार ८००, सेवा क्षेत्रमा ९पुरानो सामान बटुल्ने छान्नेमा० १०० जना तोकिएको छ ।

यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार कमिटेड ९प्रतिबद्ध पुनः प्रवेश० श्रमिक आउनेछन् । अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने भनिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)