Aamsanchar

नक्कली भारुसहित दुई भारतीय मोरङबाट पक्राउ

Author Image
शनिवार, पौष ११, २०७७

मोरङ — प्रहरीले नक्कली भारुसहित दुई भारतीयलाई पक्राउ गरेको छ । रंगेली-८ दर्बसाबाट १७ हजार ७ सय नक्कली भारुसहित उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको बौका चोप्राहका ३० वर्षीय कुन्दन मण्डल र १८ वर्षीय शिवरन्जन सिंह छन् । प्रहरीले उनीहरुको साथबाट २ सय दरको १७ र १ सय दरको १ सय ४३ थान गरी १७ हजार ७ सय नक्कली भारु बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय रंगेलीको गस्ति टोलीले शुक्रबार साँझ बीआर ३८ एन ०२५१ भरतीय नम्बरको मोटरसाइकलमा आएका दुवै जनालाई शंका लागि खोजतलास गर्ने क्रममा नक्कली भारु बरामद भएको जिल्ला प्रहरी मोरङका डीएसपी मानबहादुर राईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर