Aamsanchar

पत्रकारका समस्याहरु अब नीतिगत रुपमा नै हल गरेर जाने : विष्ट

Author Image
शनिवार, पौष ११, २०७७

नेपाल पत्रकार महासंघ झापाको साधारणसभा सम्पन्न, फागुन ३ गते अधिवेशन

साधारणसभा समुदघाटन गर्दै प्रमुख अतिथि रमेश विष्ट  साथमा दायाँ तर्फ झापा अध्यक्ष तारामणी सापकोटा बायाँ तर्फ क्रमस् अग्रज पत्रकार चन्द्र भण्डारी, मेचीनगर नगरपालिका कार्यबाहक प्रमुख मिना उप्रेती ।

मेचीनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको संसद विघठन प्रति नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले संसद विघटनको भत्सर्ना गरेका छन् ।

शनिबार झापाको मेचीनगर काँकरभिट्टामा सम्पन्न नेपाल पत्रकार महासंघ झापा शाखाको बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका विष्टले प्रधानमन्त्रीको कार्यशैली प्रति भत्सर्ना हुन् । विष्टले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका लागि भाषण र चर्चा मात्रै गर्ने होइन यसको समस्याको हल गर्ने तिर महासंघ अघिबढेको उनको भनाइ छ । यसका लागि अब नीतिगत रुपमा नै समस्याको हल गरेर जाने विष्टले दावी गरे ।

कार्यक्रममा महासंघका संस्थापक केन्द्रिय महासचिव चन्द्र भण्डारी, केन्द्रिय सदस्य तथा लेखा समिति संयोजक रोशन पुरी, एक नम्बर प्रदेश महासंघका अध्यक्ष बिक्रम लुइटेल, मेचीनगर नगरपालिकाकी कार्यबाहक प्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत खेमराज ओजा, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिल्मिसिना, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, पत्रकार संग सम्बन्धित संघ संगठनका नेतृत्वहरु नारी संचार गृह झापाकी अध्यक्ष भिमा शिवाकोटी, प्रेस युनियनकी अध्यक्ष इन्दु पुर्वेली, प्रेस संगठनका अध्यक्ष मुक्ति पौडेल, मिडिया नेपालका अध्यक्ष रञ्जित प्रसाई, प्रेस नेपालका अध्यक्ष देशराज नेम्बाङ लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सचिव सन्तोष आचार्यले सांगठानिक र कोषाध्यक्ष इश्वर अधिकारीेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभाले बन्दसत्रमा उठेका विभिन्न विषयमा अध्यक्ष मण्डलका संयोजक कृष्ण हुमागाई लगायतको टिमले कार्यसमितिसँग छलफल गरेर टुंगाउने सहमति गरेको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष एकराज गिरी र सञ्चालन सचिव आचार्यले गरेका थिए ।

झापा शाखाको अधिवेशन निर्वाचन आगामी फागुन ३ गते हुने बताईएको छ ।

Views: 344

प्रतिक्रिया (०)

सम्बन्धित खबर