Aamsanchar

झापाको गौरादहमा भेटिएको बम नेपाली सेनाद्वारा डिस्पोज

Author Image
शनिवार, पौष ११, २०७७

झापा- झापाको गौरादहमा भेटिएको शंकास्पद वस्तु बम नेपाली सेनाले डिस्पोज गरेको छ । आज दिउँसो ३:१५ बजे गौरादह- ७ स्थित भक्तबहादुर खत्रीको टिक बगानमा शंकास्पद वस्तु बम भेटिएको थियो । सोही ठाउँकी १५ वर्षिया गरिमा भुजेलले गाईबस्तु चराउन जाने क्रममा धमिराले खनेको दुलोमा डल्लोजस्तो देखेर उनले ४० वर्षिया हिमा पौडेललाई खबर गरेकी थिइन् ।

दुबैले लाठीको सहायताले बाहिर निकाली हेर्दा प्लाष्टिकमा पोको पारेको बमजस्तो वस्तु देखिएको थियो । त्यसपछि घटनास्थलमा अस्थायी प्रहरी चौकी जुरोपानीबाट टोली खटिगई उक्त स्थान सुरक्षित राखेको थियो । थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट टोली खटिएर सो बमलाई चारआलीबाट गएको नेपाली सेनाको टोलीले राति ९:१५ बजे डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 256

प्रतिक्रिया (०)

सम्बन्धित खबर