Aamsanchar

भारतका अम्बानीलाई पछि पार्दै चीनका सनसान एसियाकै सबैभन्दा धनी

Author Image
बिहिवार, पौष १६, २०७७

काठमाण्डौ – चीनका जोङ सनसान भारतका मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार सन् २०२० मा सनसानको सम्पत्तिमा सात अर्ब डलरले वृद्धि भएको छ । योसँगै जोङले भारतका धनाड्य अम्बानीका साथै आफ्नै देशका ज्याक मालाई पछि पार्नुभएको छ ।

भ्याक्सिन तथा बोतलको पानी उत्पादन गर्ने कम्पनीका कारण जोङले यो उपलब्धि हाँसिल गरेको बीबीसीले जनाएको छ । जोङले यसै वर्ष आफ्नो भ्याक्सिन निर्माण कम्पनी बेइजिङ वान्टाइ बायोलोजिकल कम्पनीलाई चीनको सेयर बजारमा सूचीकृत गराउनुभएको छ ।

ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार जोङको कूल सम्पत्ति ७७।८ अर्ब डलर रहेको छ । इण्डेक्सका अनुसार जोङ सनसान अब विश्वकै ११ औं सबैभन्दा धनी व्यक्ति बन्नुभएको छ । जोङ ुलोन उल्फुको नामबाट पनि परिचित हुनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर