Aamsanchar

झापामा पहिलो पटक किसान परिचयपत्र वितरण

Author Image
शुक्रवार, पौष १७, २०७७

कामाटोली। आर्थिक वर्ष ०७१/७२ मा सुरु भएको ‘किसान परिचयपत्र’ वितरण कार्यक्रम १० जिल्लामा पुगे पनि किसान वर्गीकरणको कार्यविधिनै अपूर्ण भएपछि अहिले सम्म सफल हुन सकेको छैन।यता झापा गाउँपालिका(३ मा रहेको एग्री सेन्टर झापा प्रालीले भने जिल्लाकै नमुनाका रुपमा किसान परिचयपत्र वितरण गर्न थालेको छ।

बिहिबार देखि कृषक परिचयपत्र वितरण गर्न थालेको एग्री सेन्टरले किसानहरुको पहिचान गरि कृषि पेशालाई गर्व गर्न लायक र कृषीबाट सामाजिक,पारिवारिक समृद्दी ल्याउनका लागि किसान परिचित हुनु नै पहिलो आधार हो भन्ने मान्यताका साथ परिचयपत्र वितरण गरिएको एग्री सेन्टर झापा प्रालीका संचालक चन्द्रप्रसाद बस्नेतले बताउनुभयो।बस्नेतले कृषक परिचयपत्र पाएका किसानहरुले किसान क्रेडिट कार्डू प्राप्त गर्न योग्य हुने बताउनु भयो।कम्पनीले कृषक परिचयपत्र पाएका किसानलाई कम्पनीबाट मल,बीउविजन,विषादी तथा कृषि औजार खरिदमा समेत छुट पाउने व्यवस्था गरेको संचालक बस्नेतले जानकारी दिनुभयो।बस्नेतले थप्नुभयोूहामीले सहजताका लागि किसानका उत्पादित बस्तुको वजारीकरणमा समन्वय,अनुदानका कार्यक्रममा कम्पनीका तर्फबाट पहल,कृषि यन्त्रीकरणका लागि गाउँपालिका संग पहल गर्ने लगायतका काम हरु एग्रो सेन्टर झापा प्रालीले गर्नेछ।

कस्ता कस्ता किसानलाई परिचयपत्र वितरण गर्नुहुदैछ भन्ने प्रश्नमा नेपालमा जग्गा धनिपुर्जा प्रमाणपत्र भएका,नेपाली नागरिक,कृषीमा आत्मनिर्भर भएका,फौजदारी अभियोग नलागेका,कृषीमा आधुनिकीकरण भएका र मेहनती परिश्रमी इमन्दार किसानलाई परिचयपत्र वितरण गरिएको बस्नेतले बताउनु भयो।

यता परिचयपत्र पाएकोमा स्थानिय झापा गाउँपालिका(३ निवासी महेश उराँवले खुसी व्यक्त गर्नुभयो।उराँवले कृषक परिचयपत्र पाएपछी कम्पनीका तर्फबाट किसानलाई फसल तयार गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो।

यता कृषि ज्ञान केन्द्रकी विषादी निरिक्षक एजिना खडकाले किसान परिचयपत्र वर्गीकरणबाट गर्नुपर्ने बताउनु भयो। उहाँले साना किसान,ठुला किसान कसलाई किसान मान्ने भन्ने बारे ठ्याक्कै भन्न नसकिएको बताउनु भयो।एग्री सेन्टरले प्राइबेट तर्फबाट वितरण गरेको परिचयपत्र हो,उहाँहरुले कुन मापदण्डका किसानलाई परिचय पत्र वितरण गर्नुहुदैछ,यसबारे अहिले केही भनिहाल्न सकिँदैन खड्काले भन्नुभयो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर