Aamsanchar

प्रधानमन्त्री बालेन शाहले संसद्को रोष्ट्रमबाट राष्ट्रघाती वचन बोले : केपी शर्मा ओली

Author Image
बुधवार, जेठ २०, २०८३

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले संसद्को रोष्ट्रमबाट राष्ट्रघाती वचन बोलेको टिप्पणी गरेका छन् ।

एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

संसद्मा कुनै कार्यक्रम नै तय नभइ के का लागि र कसका लागि रु यो प्रश्न सोधिएको भन्ने ओलीको प्रश्न थियो ।

प्रधानमन्त्रीको व्यवहारलाई उनले ‘बचपना’को संज्ञा दिए ।

‘उहाँ (प्रधानमन्त्री)ले देशद्रोही कुरा गर्नुभयो, नेपालले भारतको जमिन मिचेको धेरै ठाउँमा छ भनेर भननुभयो,’ ओलीले भने, ‘असत्य, झुट, राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोल्नुभयो । त्यो बोल्न हुँदैन थियो । कसको पक्षमा के का लागि बोलियो रु’

उनले नेपाली जनतालाई हेप्नका लागि यो भन्दा अरु ठाउँ नभएको टिप्पणी पनि गरे ।

‘प्रधानमन्त्री त्यस दिन न कार्यक्रम, न केही कार्यसूची, अचानक के का लागि सुनाएको रु नेपाली जनतालाई हेप्नका लागि यो ठाउँभन्दा अरु केही हुँदैन,’ ओलीले भनेका छन् ।

Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर