Aamsanchar

राष्ट्रिय सभामा आज पनि विपक्षीको विरोध

Author Image
बुधवार, जेठ २०, २०८३

काठमाडौं  –  राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा विपक्षी दलहरूले विरोध गरेका छन् । बैठक सुरु भए लगत्तै सांसदहरूले उठेर विरोध जनाएका हुन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यस्तो अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले लगातार राष्ट्रिय सभामा विरोध गर्दै आएका छन् ।

यही कारण यसअघिका दुई वटा बैठक कार्यसूचीमा प्रवेश नै गर्न सकेका थिएनन् ।

Views: 1

प्रतिक्रिया (०)

सम्बन्धित खबर