Aamsanchar

धूलो टकटकाएर फेरि कम्युनिस्ट आन्दोलनलाई उठाउने : एमाले उपाध्यक्ष विष्णु पौडेल

Author Image
बुधवार, जेठ २०, २०८३

काठमाडौं  –  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभाको चुनावमा पार्टीले इतिहासकै सबैभन्दा ठूलो धक्का व्यहोरेको बताएका छन् । सदस्यता नवीकरण कार्यशालालाई सम्बोधन गर्दै धूलो टकटकाएर फेरि कम्युनिस्ट आन्दोलनलाई उठाउने उनले बताए ।

उनले भने, ‘स्वाभाविक रूपमा यतिबेला नेपालको कम्युनिस्ट आन्दोलनले एउटा गम्भीर धक्काको सामना गरेको छ । भदौ २३–२४ हुँदै फागुन २१ सम्म आइपुग्दा, फागुन २१ को निर्वाचनसम्म आइपुग्दा हामीले धेरै ठूलो धक्का बेहोरेका छौँ, धेरै ठूलो क्षति बेहोरेका छौँ ।’

उपाध्यक्ष पौडेलले भने, ‘हाम्रो आन्दोलनले निकै ठूलो क्षति बेहोरेको छ । कतिपय मानिसहरूलाई लागेको छ कि अब यो आन्दोलन उठ्न सक्दैन । अब नेपालको कम्युनिस्ट आन्दोलन सदासदाका निम्ति समाप्त भएर जान्छ भन्ने कतिपय मानिसहरूले अनुमान गरेका छन्, कतिपय मानिसहरूले त्यस प्रकारको कामना पनि गरेका छन् ।’

 

उनले पार्टीको सचिवालय बैठकले पार्टीलाई आम रुपमा पुनगठन गर्नका लागि कार्यदल नै गठन गरिएको समेत जानकारी गराएका छन् । कार्यदलले समयमै काम गर्ने बताउँदै उपाध्यक्षले पार्टीको केन्द्रीय कमिटी बैठकमा विस्तृतरुपमा छलफल र बहस गर्ने बताए । उनले आजको समस्या देख्न सक्ने, भोलिको भविष्य बनाउन सक्ने गतिशिल पार्टी बनाउन आफूहरु लाग्ने बताएका छन् ।

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर