Aamsanchar

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को साधारणसभा विर्तामोडमा सम्पन्न, आजै नयाँ कार्य समितिको लागि चुनाव हुने

Author Image
सोमवार, पौष २०, २०७७

सुल्ला सत्र कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि विर्तामोड नगर प्रमुख ध्रुवकुमार शिवाकाटी । साथमा प्रदेश अध्यक्ष नरेन्द्रकुमार खड्का, दायाँ तर्फ आतिथ्य शाखा विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई ।

विर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को तेस्रोे साधारणसभा सोमबार विर्तामोडमा सम्पन्न भएको छ ।

प्रदेश अध्यक्ष नरेन्द्रकुमार खड्काको अध्यक्षतामा आयोजित सभामा विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यता रहेको थियो ।

विर्तामोड उद्योग वाणिज्य संघको आतिथ्यतामा भएको कार्यक्रममा मानार्थ सदस्य किशोर प्रधान आथित्य शाखाका अध्यक्ष कुमार भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ अध्यक्ष नरेन्द्रकुमार खड्का ।

मन्तव्यको क्रममा प्रमुख अतिथि शिवाकोटीले भने ‘काम गर्ने ईच्छाशक्ति र योजना बनाएर मात्र पदका लागि आफूलाई अघि बढन अनुरोध गर्छु, देशलाई माथी उठाउने नारा लगाउने वाणिज्य संघले अहिले सम्म कुनै ठोस काम गर्न सकेको छैन अब आउने नयाँ नेतृत्वको टिमले जलविद्युत जस्ता ठुला योजनाहरुमा उद्योगी व्यवसायीहरुलाई लाग्न प्रोत्साहान र वातावरण तयार पारोस्, विर्तामोड नगरपालिका संग सम्झौता भएको कृषि परियोजना सुचारु छिटो गर्नु, नगर्ने भए छोड्यौं भन्नु नगरले अन्य प्रयोजनका लागि जग्गा परिचालन गर्छ ।’

साधारणसभामा केन्द्रिय सदस्यहरु अविनाश बोहोरा, तारानाथ घिमिरे, उमेश डालमिया, गजेन्द्रकुमार भगत, हेमराज ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

प्रदेश संघमा जिल्ला/नगर उद्योग वाणिज्य संघ ३६, बस्तुगत संघ १३ र १ सय ९७ वटा एशोसिएट प्रतिष्ठान आवद्ध रहेका छन् । यतिखेर बन्द सत्र चलिरहेको छ भने नयाँ कार्य समितिको चुनाव आजै ४ बजे देखि विर्तामोड हुने बताईएको छ ।

कामर्यक्रममा धन्यवाद ज्ञापन जिल्ला/नगर उद्योग वाणिज्य संघ उपाध्यक्ष राजेन्द्र राउत र संचालन प्रदेश सदस्य कुमारमणी पोखरेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 410

प्रतिक्रिया (०)

सम्बन्धित खबर