बिर्तामोड । नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ को सबै कार्य समिति पदाधिकारीहरु सर्वसम्वत निर्वाचित भएका छन् ।
सोमबार विर्तामोडमा आयोजित तेस्रो साधारणसभा पहिलो अधिवेशनबाट १३ जना कार्य समितिमा चयन भएका हुन । दुई जना मनोनित गरिने सदस्य पद भने बाँकी छ, उक्त पदमा अध्यक्षले पदहस्तान्तण कार्यक्रममा मनोनित गर्ने भएका छन् ।
प्रदेश १ कार्य समितिमा अध्यक्ष टिकाराज ढकाल उनि झापा उद्योग संघका अध्यक्ष पनि हुन् । त्यैगरी जिल्ला÷नगर उपाध्यक्षमा इटहरीका निर्माण व्यवसायी भीमबहादुर पौडेल, एसोसिएट उपाध्यक्षमा विराटनगरका निर्माण व्यवसायी राजेन्द्र राउत र कोषाध्यषमा विराटनगरका उद्योगी रमेशकुमार राठी निर्विरोध भएका छन् । त्यस्तै, जिल्ला नगर सदस्यहरुमा संखुवासभाका युवराज शाक्य, विर्तामोडका कुमार भट्टराई, गौरादहका भूपालराज कटवाल, इनरुवाका वीरन्द्रकुमार शाह र उर्लाबारीका प्रितम खड्गी चयन भएका छन् । वस्तुगत सदस्यमा मोरङ अटोमोवाईल लिर्स एशोसिएशनबाट सुवास आचार्य र क्षेत्रिय होटल संघ मोरङबाट राजन श्रेष्ठ तथा एसोसिएट सदस्यमा रविनकुमार दाहाल र श्रवणकुमार अग्रवाल चयन भएका छन् ।
उद्योगी व्यवसायीको हित र संरक्षणका लागि स्थापना भएको वाणिज्य संघमा प्रदेश १ का ३६ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ आवद्ध रहेका छन् त्यसैगरी १३ वटा बस्तुगत संघ र १ सय ९७ वटा उद्योगहरु एशोसिएट सदस्य महासंघमा रहेका छन् ।