रूसबाट एस–४०० हवाई प्रतिरक्षा क्षेप्यास्त्र प्रणाली (एअर डिफेन्स मिसाइल सिस्टम) खरिद गर्न लागेको भारतमाथि अमेरिकाले प्रतिबन्ध लगाउने तयारी थालेको छ। अमेरिकी कंग्रेसले आफ्नो प्रतिवेदनमा यो विषय समावेश गरेको अन्तरराष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन्। अमेरिकाले भारतलाई रक्षा नीतिमा व्यापक परिवर्तन गर्न र विदेशी प्रत्यक्ष विदेशी लगानी भित्र्याउन दबाब बढाइरहेको छ।
कंग्रेसको स्वतन्त्र अनुसन्धान विभाग कांग्रेसनल रिसर्च सर्भिस (सीआरएस) ले सदनलाई बुझाएको प्रतिवेदनमा रूससँग प्रविधि साझेदारी र सह–उत्पादनतर्फ भारत निकै परस्त देखिएको आरोप लगाइएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 249