Aamsanchar

आज झापाको झिलझिलेमा भएको सवारी दुर्घटनामा परेर मृत्यु हुनेको सँख्या २ पुग्यो

Author Image
मङ्गलवार, पौष २१, २०७७

झापा- झापामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको सँख्या २ पुग्यो। मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका-७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका-५ की २८ वर्षीया सलिना राई रहेका छन् । तामाङ मोटरसाइकल चालक हुन् भने राई मोटरसाइकल पछाडि सवार थिइन् ।

शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा को १ ख ६०९८ नम्बरको बस र प्र-१-०२-०४३ प ९२१८ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो एक आपसमा ठोक्किँदा दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरुको बीएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर