Aamsanchar

जर्ज डब्ल्यू बुश द्वारा संसद भवनमा भएको हिंसाको निन्दा

Author Image
बिहिवार, पौष २३, २०७७

अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले एक बयान जारी गर्दै संसद भवनमा भएको हिंसाको निन्दा गरेका छन् ।

बुशले यसलाई ‘हंगामा, एक प्रकारको राजद्रोह र पागलपन’ को संज्ञा दिएका छन् । उनले भने, ‘मैले जे दृश्य देखेँ, त्यसले मलाई पीडा दिएको छ ।’

रिपब्लिकन नेता जर्ज डब्ल्यू बुशले भने, ‘चुनावको नतिजाको विषयमा यस्तो प्रकारको विवाद असफल गणराज्यमा देखिन्छ । अमेरिकाजस्तो देशमा होइन ।’ बुशले आफ्नो बयानमा यो हंगामाका लागि केही नेतालाई जिम्मेवार देखाएका छन् । तर उनले आफ्नो बयानमा कतै पनि डोनल्ड ट्रम्पको नाम लिइनन् ।

राष्ट्रपति ट्रम्पले अहिलेसम्म यो हिंसाको निन्दा गरेका छैनन् तर उनले प्रदर्शनकारीलाई शान्त बस्न अपिल गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर