Aamsanchar

घट्यो सुनको भाउ

Author Image
बिहिवार, पौष २३, २०७७

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ९५ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९६ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर