Aamsanchar

सरकारको नीति र बैंकको दबाबका विरुद्ध व्यवसायीहरु संगठित

Author Image
बिहिवार, पौष २३, २०७७


काठमाडौं । बारम्बार बैंकको ब्याज, किस्ता छुटसहित सरल पुनर्कजाको माग राखेर सरकारसँग लभिङ गरिरहेका व्यवसायीहरुले सकारात्मक उत्तर नपाएपछि अन्ततः सरकार विरुद्ध नै आन्दोलन चर्काउने भएका छन् । विभिन्न ११ पर्यटन व्यवसायी सम्वद्ध संघ संगठनसहित, यातायात व्यवसायी संघ, वैदेशिक रोजगार संघ, औषधी उत्पादक संघ, हस्तकला, काष्ठकला संघ लगायत, उत्पादक वितरक तथा शिक्षा क्षेत्रका समेत गरी ३३ संघ संगठनहरुले संयुक्त मोर्चा बनाएर सरकार विरुद्ध आन्दोलन गर्ने भएका छन् ।

‘महामारी पीडित सर्वपक्षीय पेशा व्यवसायी संघर्ष समिति’ बनाएर व्यवसायीहरु आन्दोलनमा होमिएका छन् । सरकारसँग राखेको माग पुरा नभएर शुक्रबारबाट तिब्र रुपमा आन्दोलनमा जाने व्यवसायीहरुले बताएका छन् । माग पुरा नभए कुनैपनि सरकारी तथा गैरसरकारी कर तथा शुल्क नतिर्न सबै व्यवसायीहरुलाई आह्वान गर्ने र सडकमा गाडी तेर्स्याएर आन्दोलन समेत गर्ने संघर्ष समितिका संयोजक कर्णबहादुर शाहले रातोपाटीलाई बताए ।

यस्ता छन् व्यवसायीहरुका माग

१, कोभिडले सिर्जना गरेको जटिल परिस्थितिका कारण धराशायी बनेका सम्पूर्ण पेसा व्यावसायीहरुको संरक्षण र प्रवद्र्धनका लागि राहत प्याकेज तत्काल घोषणा गर्नुपर्ने

२, कोभिडका कारण बन्द रहेका सम्पूर्ण पेशा व्यवसायीहरुलाई लगाइने राज्यका सम्पूर्ण कर एवं जरिवाना मिनाहा गरिनुपर्ने

३, निजी लगानीमा सञ्चालित सम्पूर्ण सार्वजनिक यातायात, पर्यटनरपर्यटकीय व्यवसाय, होटल, विद्यालय र कलेज, क्याटरिङ्ग तथा पार्टी प्यालेस व्यावसायीहरु अति प्रभावित क्षेत्र भएकाले सबैलाई ऋणको ब्याज, घर भाडा, जरिवाना छुट गर्नुपर्ने र राज्यबाट नै त्यसको व्यवस्था गर्नुपर्ने

४, कोभिड प्रभावित व्यवसायमा आश्रित सम्पूर्ण कर्मचारीहरुलाई राज्यले न्यूनतम ५० प्रतिशत तलबको व्यवस्था गर्नुपर्ने

५, व्यवसायीहरुले सम्पूर्ण बैंक (एउटा कम्पनीले जतिसुकै बैंकबाट ऋण लिएको भएपनि) सबै बैंकको ब्याज छुट गर्नुपर्ने

६, राज्यका सबै बैंक तथा वित्तिय संस्थाहरुबाट पेसा व्यवसाय निरन्तताका लागि अत्यन्त सरल र सहज तरिकाले न्यूनतम ब्याजदरमा सफ्टलोनको व्यवस्था गनुपर्ने

७, सम्पूर्ण निजी उद्योग, कल कारखाना, सेवा प्रदायक शिक्षा तथा पर्यटन क्षेत्रमा गरिएको निजी लगानीलाई राष्ट्रिय पुँजी र लगानीको रुपमा परिभाषित गरिनुपर्ने रहेको छ ।

श्रोत :रातोपाटी

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ बढ्यो
बिहिवार, पौष २५, २०८१
आज विदेशी मुद्राको विनिमय दर
बिहिवार, पौष २५, २०८१
सुनको भाउ बढ्यो
बुधवार, पौष २४, २०८१