Aamsanchar

भोलि बैंक खुला राख्न निर्देशन

Author Image
शुक्रवार, पौष २४, २०७७

काठमाडौं । भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो ।

राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । केहि बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउसो बैंक खुला रहने जानकारी गराएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर