झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् ।
बिहिवार राती ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–१४ बाट स्थानीय ३० बर्षीय धनवर राजवंशी, भद्रपुर नगरपालिका–११ का ३३ बर्षीय हरि राजवंशी र गौरादह नगरपालिका–९ का निराजन पौडेललाई तीन ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले बिहिवार राती नै शिवसताक्षी नगरपालिका–१० बाट स्थानीय २३ बर्षीय गोपी शर्मा, बनियानीका २६ बर्षीय मदन मैनाली र फत्तेपुर गाउँपालिका–१ सप्तरीका १७ बर्षीय अम्बर बराललाई ९ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 202