Aamsanchar

इन्डोनेसियामा ६२ जना सवार विमानको दुर्घटनाग्रस्त स्थल भेटियो

Author Image
आइतवार, पौष २६, २०७७

एजेन्सी । इन्डोनेसियाका अधिकारिहरुले विमान दुर्घटना भएको स्थल पत्ता लगाउन सफल भएको बताएका छन् । ६२ जना सवार श्रीविजाया एअरको बोइङ्ग ७३७ विमान शनिबार दुर्घटनामा परेको हो । राजधानी जकार्ताबाट उडेको केहीबेरमै विमान दुर्घटनामा परेको हो । उडान भरेको चार मिनेटपछि नै विमान राडारबाट हराएको थियो । जकार्ताबाट पोन्तिएनाकका लागि उडेको विमान दुर्घटनामा परेको हो । विमान जकार्ता नजिकको आइल्याण्ड आसपासमा दुर्घटनामा परेको अनुमान छ ।

विमान दुर्घटना भएको क्षेत्रमा १० भन्दा बढि पानी जहाज पठाइएको छन् । साथमा नेभी डाइभर पनि छन् । दुर्घटनाग्रस्त विमानको भग्नावशेष ठानिएको सामग्रीको अनुसन्धानकर्ताले त्यसको विश्लेषण गरेका छन् राति स्थगित गरिएको उद्धार तथा खोजी अभियान आइतबार बिहान सुरु भएको अधिकारीले बताएका छन् ।

दुर्घटनामा परेको विमान ७३७ म्याक्स भने होइन । बोइङ्गको ७३७ म्याक्स लगातार दुर्घटनाका कारण हाल विश्वभर ग्राउण्डेड छ । तर बोइङ्गकै अर्को मोडलको विमान इन्डोनेशियामा दुर्घटनामा परेको हो । विमानमा १२ बालबालिकासहित ५० यात्रु र चालक दलका १२ सदस्य थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर