Aamsanchar

सुरुङ्गा-कनकाई साकोसको नवौं सभा

Author Image
मङ्गलवार, पौष २८, २०७७

सुरुङ्गा । सुरुङ्गा-कनकाई बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्नभएको छ ।

कनकाई सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा भएको साधारणसभामा संस्थाका सञ्चालक समितिकाअध्यक्ष लक्ष्मीप्रसाद पाठकले आ.व. २०७६-०७७ को समीक्षा र आ.व. २०७७/०७८ को कार्ययोजना समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कनकाई नगरपालिका सहकारी शाखा प्रमुख हरिप्रसाद पौडेलको प्रमुखआतिथ्य र सहकारी अभियन्ता चम्पा सुवेदीको विशेष आतिथ्यमा भएको कार्यक्रममा कनकाई सामुदायिक वन उपभोक्ता समूह सुरुङ्गाकाअध्यक्ष ख्यामप्रसाद ओली, सामाजिकअगुवा कोमलप्रसाद पन्त, रामचन्द्र प्रसाई लगायतको आतिथ्य रहेको थियो ।

अध्यक्ष पाठकले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा समितिका संयोजक रुपनारायण खतिवडाले प्रस्तुत गरेको लेखा प्रतिवेदन सभाले पारित गरेको थियो । हाल संस्थामा १ हजार ३ सय ८४ शेयर सदस्य रहेको संस्थाका व्यवस्थापक लीलाकुमारी भुजेलले जानकारी दिइन् ।

संस्थाका सञ्चालक समितिका उपाध्यक्ष कमल मैनालीको स्वागत मन्तव्य रहेको कार्यक्रम कोषाध्यक्ष भीष्म मैनालीले सञ्चालन गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर