Aamsanchar

पौषे औँशी (गोकर्ण, बराहक्षेत्र आदीमा तिर्थ श्राद्ध)

Author Image
बुधवार, पौष २९, २०७७

सनातन पात्रोमा एउटा मासमा ३० दिन हुन्छ र सामान्यतया औंशी चाँही महिनाको बिचमा पर्दछ । यस दिन महिनाकै सर्वाधिक अँध्यारो रात पर्दछ, चन्द्रमा पूर्णतया आकाश भित्र बिलाएको र नदेखिने भएको हुन्छ ।

औंशीलाई सामान्तया काला जादु र नकारात्मक उर्जाहरुको उजागर गरिने भयंकर रातहरुका रुपमा प्रस्तुत गरिने चलन छ । तर अरु दिनहरु झैं औंशी पनि सामान्य एउटा दिन हो जुन महिनाको एक दिन पर्दछ । पौष महिनाको औंशीको महत्व चाँही पितृकर्म, श्राद्ध अनि तर्पणका लागि विशेष रहन्छ । पौष महिनालाई सौधाग्य लक्ष्मीको मास पनि भनिन्छ । पौष औंशीलाई धनलक्ष्मी र धान्य लक्ष्मीको अर्चनाका लागि समेत महत्वपूर्ण दिन मानिन्छ । यस औंशीका दिन लताकपडा दान गरेमा केतु, राहु, शनी र बृहस्पति जस्ता ग्रहहरुको नकारात्मक प्रभाव छ भनें त्यस्लाई क मगर्ने खगोलशास्त्रीहरुको मान्यता रहेको पाइन्छ ।

यस औंशीका दिन तिल, बस्त्र, अन्न, पीण्ड लगायतका दानहरु गर्नाले राम्रो फल प्राप्त हुन्छ । मन्दिर, नदिकिनार र अन्य तिर्थस्थलहरुमा आज श्रद्धालुहरुको घुँईचो हुन्छ । मुख्यतया आजका दिन पितृ उद्धारका लागि काठमाण्डौको गोकर्ण, सुनसरीको बराहक्षेत्र, मुस्तागंको कागबेनी लगायतका ठाँउहरुमा भिँडभाड रहन्छ । पितृ उद्धारका लागि विश्वभरिका सनातन संस्कारका अनुयायीहरुले पौष औंशीलाई विशेष रुपमा लिनेगर्दछन् । आजको दिनको सबैलाई शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 371

प्रतिक्रिया (०)

सम्बन्धित खबर