Aamsanchar

आज तोल ल्होसार

Author Image
बिहिवार, माघ १, २०७७

३ वटा ल्होसारहरु मध्य यो प्राचिनतम ल्होसार हो । तोल ल्होसार नै अन्य ल्होसारहरुको उद्गम मानिन्छ र तोल ल्होसारको आफ्नै दर्शन र महत्व भएको पाइन्छ । तोलको अर्थ हो समय या समयको चक्र र चलायमानता ।

त्यसकारण यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ । नेपालका हिमाली जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ्ग र तिब्बत तथा भुटानका मानिसहरुले पौष शुक्ल प्रतिपदाको दिनमा धुमधामका साथ मनाउने गर्दछन । विशेषगरी सोनाम ल्होसार जसरी नै मनाइने यो पर्वको दिन मात्र फरक हुने गर्दछ ।

यो पर्व घर आगन लिपपोत गरी चोखो पारिन्छ र आँफु पनि नुहाएर पुजा गरिन्छ । अनि लामा पुरोहित वाट वा घरको मुलीबाट पुजापाठ गराइ गहुँको पिठो आकाशतर्फ उडाएर देवताको विजय र भुत प्रेतको हार होस भनि कामना गरिन्छ । अनि मान्यजनबाट आर्शिवाद लिँदै बाबरी रोटी, फुरौला, कन्दमुल आदि खाने पनि गरिन्छ ।

लोसार दुईवटा शब्द ‘लो’ ‘सार’ मिलेर बनेको छ जस्को अर्थ भोट, भुटानी, शेर्पाली, डोल्पाली, इत्यादि भाषा अनुरुप ‘लो’ को अर्थ बर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ । खासगरी यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने गरिन्छ । ल्होसारलाइ लोसार, ल्होछार पनि भन्ने गरेको पाइन्छ । विशेषगरी हिमाली क्षेत्रको समुदायले मनाउने चाडपर्व हो ।
हिमाली भेगमा यस वर्ष मौसमले साथ दियोस्, घामले साथ दियोस् अनि बादलहरुले साथ दिउन् । हिमालका हिँउ होस् अनि हिँउमा सबैको खुशी रहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर