Aamsanchar

रोहिंग्या शरणार्थी शिविरमा आगलागी, ५०० टहरा नस्ट

Author Image
शुक्रवार, माघ २, २०७७

ढाका । बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा ठूलो आगलागीको घटना भएको छ । आगलागीका कारण सयौँ शरणार्थीहरुका टहरा जलेर उनीहरु बासस्थानविहीन भएको अधिकारीहरुले जानकारी दिएका छन् । कक्स बजारमा रहेको नयाँपारा रोहिंग्या शरणार्थी शिविरमा भएको आगलागीपछि शरणार्थीहरु विस्थापित भएका हुन् । सरकारी अधिकारीका अनुसार कम्तीमा ५०० टहरामा बस्ने शरणार्थी आगलागीका कारण प्रभावित बनेका छन् । आगलागीका कारण कुनै मानवीय क्षति भएको विवरण भने प्राप्त नभएको उनीहरुको भनाइ छ ।

शरणार्थी सहायता आयुक्त मोहम्मद शम्सद डौजाले स्थानीय समयअनुसार बिहान ३ बजे आगलागी भएको जानकारी दिए । ‘झन्डै दुई घण्टापछि मात्रै बिहान ५ बजेतिर आगलागी नियन्त्रण गरिएको थियो । त्यति बेलासम्ममा रोहिंग्या शरणार्थीका झन्डै ५०० टहरा पूर्णरुपमा जलेका थिए,’’ उनले भने ।

टहरा पनि जलेपछि त्यसमा बस्दै आएका हजारौँ शरणार्थीहरु अहिले हिउँदे जाडोको मारमा परेको प्रत्यक्षदर्शीले बताए । उनीहरुलाई अहिले लगाउने, ओड्ने, ओच्छ्याउने कपडा, बस्ने ठाउँ, खाद्यपदार्थको खाँचो रहेको र त्यसको व्यवस्थापन गरिदिने कार्य भइरहेको पनि उद्धार कार्यमा संलग्नहरुले जनाएका छन् । राससरएएनआई

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर