Aamsanchar

सुरुंगा जेसीजको नेतृत्व टुङ्गो लाग्यो

Author Image
शनिवार, माघ ३, २०७७

सुरुंगा । झापाको कानकाई नगरपालिकामा रहेको सुरुंगा जेसीजको सन् २०२१ लागि अध्यक्ष पद्मा उषा उप्रेती सर्वसम्वत निर्वाचित भएकी छिन् ।

जेसीजको शनिबार सम्पन्न १३ औं बार्षिक साधारणसभा तथा अधिवेशनबाट उप्रेती निर्वाचित भएकी हुन् । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा राजकुमार कट्टेल, सुदिप भण्डारी सर्वसम्वत निर्वाचित बनेका छन् ।

जेसीजको विधान अनुसार चारजना उपाध्यक्ष रहने व्यस्था छ जस अनुसार उपाध्यक्ष पदमा मुक्ता कार्की, रिसव सिंह चाहार, खुश्बु पौडेल, प्रतापबाबु जमर कट्टेल सर्वसम्वत चयन भएको निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष कमल कट्टेलले जानकारी दिए ।

जेसीजको अन्य पदहरु महासचिव, कानूनी सल्लाहाकार, कोषाध्यक्ष, तालिम संयोजक, जनसम्पर्क अधिकारी लगायत पदमा आउदो पदहस्तान्तरण समारोहमा पदाधिकारीहरु मनोनित गरिने बताईएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 266

प्रतिक्रिया (०)

सम्बन्धित खबर