Aamsanchar

बहुविवाह नगर्न नेताहरूलाई तालिवानको आग्रह

Author Image
आइतवार, माघ ४, २०७७

अफगानिस्तानको सशस्त्र विद्रोही समूह तालिवानले आफ्ना नेताहरूलाई बहुविवाह नगर्न आग्रह गरेको छ। तालिवानका प्रमुख मल्ला हैबतुल्लाहले एक विज्ञप्ति जारी गर्दै नेताहरूलाई धेरै महिलाहरूसँग विवाह नगर्न आग्रह गरेका हुन्। बहुविवाह गर्दा शत्रुहरूले प्रोपोगाण्डा गर्ने मौका पाउने हुनाले सचेत हुन उनले अपील गरेका हुन्।

दोस्रो विवाह गर्न चाहनेले अब अफगान तालिवान प्रमुखसँग लिखित अनुमति लिनुपर्ने भएको छ। इस्लाम धर्ममा बहुविवाहलाई सजिलै मान्यता दिने गरिन्छ। नेताहरूले बहुविवाह गर्ने गर्दा अत्यधिक रकम खर्च भएको तालिवानले जनाएको छ।

एकभन्दा धेरै विवाहमा प्रतिबन्ध नै नलगाएपनि तालिवानले आफ्ना नेताहरूलाई बहुविवाह नगर्न र दुस्मनलाई प्रोपोगाण्डा गर्ने मौका नदिन आग्रह गरेको हो। अधिकांश तालिवान नेताहरूले बहुविवाह गरेका छन्। संस्थापक मुल्ला मोहम्मद उमर र उनी पछिका प्रमुख मुल्ला अख्तर मन्सूरले तीन–तीन वटी महिलासँग विवाह गरेका थिए। तालिवानका वर्तमान प्रमुखका दुई पत्नी छन्। दोहामा रहेका तालिवानका सबैभन्दा वरिष्ठ नेता मुल्ला अब्दुल गनी बरादरका तीन पत्नी छन्।

Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर