Aamsanchar

शिक्षक संगठन बिर्तामोडको दोस्रो नगर अधिवेशन सम्पन्न

Author Image
सोमवार, माघ ५, २०७७

बिर्तामोड – नेपाल राष्ट्रिय शिक्षक संगठन बिर्तामोड नगर समितिको गत पौष १८ गते सम्पन्न दोस्रो नगर अधिवेशन ले दुर्गा माध्यमिक विद्यालय गरामनिका शिक्षक उमानाथ भण्डारीलई अध्यक्षमा निर्विरोध चयन गर्दै सम्पन्न भएको छ। माघ घ गते शनिबार आयोजित घोषणा सभामा अध्यक्ष मण्डलका संयोजक द्रोण बहादुर श्रेष्ठले सबैै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

नवनिर्वाचित समितिको उपाध्यक्षमा दल बहादुर खड्का महिला उपाध्यक्ष ईन्दिरा वस्ती सचिव गोविन्द न्यौपाने सहसचिव उषा ढकाल कोषाध्यक्ष मेदनी प्रसाद उप्रेती सहकोषाध्यक्ष शान्ता देबी मिश्र र सदस्यहरुमा बिष्णु प्रसाद भट्टराई ईन्दिरा खनाल देवीप्रसाद कडरिया दिनेशकुमार बास्कोटा लक्ष्मी प्रसाद गौतम भीमप्रसाद आचार्य भद्र कला प्रसाईं र महिला सदस्यहरुमा सुनिता निरौला चम्पा भट्टराई र कौशिला आचार्य रहेका छन्।

शनिबार आयोजित घोषणा सभा तथा सपथग्रहण कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश नम्बर ज्ञ का अध्यक्ष बुद्धिमान कार्की, संगठनका झापा जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी उपाध्यक्ष द्रोण बहादुर श्रेष्ठ महिला उपाध्यक्ष अम्बिका खवास निर्वाचन समितिका संयोजक रामचन्द्र भट्टराई निवर्तमान नगर अध्यक्ष उमानाथ प्याकुरेल लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

सो कार्यक्रममा संगठनका केन्द्रिय प्रतिनिधि लेखनाथ सुबेदी निवर्तमान राष्ट्रिय परिषद सदस्य धर्मेन्द्र भट्टराई प्रधानाध्यापकहरु कृष्ण प्रसाद पाठक, ज्ञानुनाथ मैनाली बद्री बाँस्कोटा लगायतको उपस्थिति रहेको थियो। अध्यक्ष मण्डल का संयोजक द्रोण बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न घोषणा सभामा शान्ता रोकाले स्वागत गर्नुभएको थियो भने अम्बिका खवासले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा निवर्तमान समितिको तर्फबाट माइन्युट पुस्तिका हस्तान्तरण गरी नयाँ कार्यसमितिलाई जिम्मा लगाइएको थियो।

Views: 275

प्रतिक्रिया (०)

सम्बन्धित खबर