Aamsanchar

भद्रपुरको एक कपास फ्याक्ट्रीमा आगलागी, १२ लाख बराबरको क्षति

Author Image
मङ्गलवार, माघ ६, २०७७

झापा-  भद्रपुर नगरपालिका वडा नं. ५ को झापा चौकमा रहेको कपास फ्याक्ट्रीमा आज दिउँसो आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ । कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुङ्गाको कारण मेसिनमा खराबी आई अचानक आगलागी भएको हो । सो फ्याक्ट्री भद्रपुरकै रामचन्द्र सहनीले संचालन गर्दै आईरहेका थिए ।

आगलागीबाट कपास पेल्ने मेसिन १ थान र ५७ बोरा तयारी कपास पूर्णरुपले जलेर नष्ट भएको छ । आगलागी स्थानीय ,प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 299

प्रतिक्रिया (०)

सम्बन्धित खबर