Aamsanchar

मौरीजन्य उत्पादन र मानवस्वास्थ्यमा प्रभाव छलफल

Author Image
बुधवार, माघ ७, २०७७

शिवसताक्षी  । सतासीधामको दुधेमा आज आयोजित एक कार्यक्रमका बीच मौरीजन्य उत्पादनबाट मानव स्वास्थ्यमा प्रभाव तथा महत्वबारे छलफल सम्पन्न भएको छ ।

सतासी महिला मौरीपालन सहकारी संस्थाको आयोजना तथा शिवसताक्षी नगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रममा मौरीको विषयमा अध्ययन अनुसन्धान गरिरहेका युटर्न नेपालका खगेन्द्र तिम्सिनाले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपालमा व्यवसायिक रुपमा मौरीपालन गरिएपनि मौरीले उत्पादन गरेका बहुमूल्य औषधीजन्य बस्तुलाई चिन्न नसकेका कारण पर्याप्त लाभ लिन नसकेको निष्कर्ष निकालेको थियो ।

छलफलमा मानव जीवनमा मौरीको भूमिका, मौरीको प्रकृतिसंगको सम्बन्ध र जीवनचक्र, महका अतिरिक्त बहुमूल्य बस्तुका रुपमा रहेको रोयल जेली (शाही खाना), चोप लगायतका विषयमा छलफल भएको थियो ।

सतासी महिला मौरीपालन सहकारी संस्थाका अध्यक्ष धनमाया थापाको अध्यक्षता तथा खगेन्द्र तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा माइवेनी कृषि सहकारी संस्थाका अध्यक्ष रोहिता भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । सताक्षी मौरीपालन सहकारी संस्थाका व्यवस्थापक देवी दाहालले सञ्चालन गरेको कार्यक्रममा स्थानीय मौरीपालक महिला दिदी–बहिनीको उपस्थिति रहेको थियो । हाल सो क्षेत्रका ३२० घरमा व्यवसायिक मौरी पालन हुँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 349

प्रतिक्रिया (०)

सम्बन्धित खबर