Aamsanchar

तान्जानियामा पुरुष संग औपचारिक विवाह खारेज, किन महिलाले महिलासँग गर्छन विवाह ?

Author Image
बिहिवार, माघ ८, २०७७

तान्जानियाको एउटा जनजाति समुदायमा महिलाले महिलासँगै बिहे गर्ने परम्परा छ । झट्ट हेर्दा समलिंगी परम्पराजस्तो देखिए पनि यसरी बिहे गर्ने महिला समलिंगी चाहिँ होइनन् ।

यसरी गरिने बिहे सम्पत्तिमाथि महिलाको स्वामित्व सुनिश्चित गर्न हो । महिलासँग बिहे गरेपछि पुरुषसँगको बिहे प्राविधिक खालको मात्र हुन्छ । अर्थात्, सन्तानोत्पादन र घरजम बसाउनका लागि महिलाले पुरुषलाई अपनाउँछन्, तर उनीहरूको बिहे चाहिँ महिलासँगै हुन्छ ।

यसो गर्दा घरको सम्पत्तिमाथि पुरुषले दाबी गर्न पाउँदैन । ‘यहाँका महिला सम्पत्तिमाथिको अधिकारलाई आफ्नो हातबाट फुत्किन दिने पक्षमा छैनन्, यसैकारण उनीहरूको समुदायमा पुरुषसँगको औपचारिक विवाह खारेज हुन पुगेको छ,’ समाचारमा भनिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 310

प्रतिक्रिया (०)

सम्बन्धित खबर